Author
१८ बैशाख २०८१, मंगलवार १२:२७
माइक्रोसफ्ट, मेटा र गुगलको मातृ कम्पनी अल्फाबेटले पछिल्लो ३ महिनामा आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा ३२ अर्ब डलर लगानी गरेका छन् ।
तथ्यांक अनुसार सन् २०२४ को पहिलो त्रैमासिकमा यी ३ कम्पनीले एआईको विकासका लागि आवश्यक डेटा सेन्टर र अन्य प्रविधिका लागि कूल ३२ अर्ब डलर लगानी गरेका हुन् ।कम्पनीहरुले लगानीकर्ताहरुका लागि सार्वजनिक गरेको विवरणबाट यस्तो खुलासा भएको हो ।
प्रविधि उद्योगमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको तीव्रतर विकास भइरहेको परिप्रेक्ष्यमा यी कम्पनीहरुले आगामी दिनमा एआईको क्षेत्रमा थप दशौं अर्ब डलर लगानी गर्ने जनाएका छन् ।मेटाका सिइओ मार्क जुकरबर्गले आगामी त्रैमासिकमा मेटाले एआईको क्षेत्रमा १० अर्ब डलर खर्च गर्ने प्रक्षेपण गरेका छन् ।
गतहप्ता बोल्दै उनले भनेका छन्(यसमा लगानी गर्नु उपयुक्त हुन्छ भन्ने मलाई लागेको छ, र हामीले त्यही बमोजिम गर्दैछौं।
त्यस्तै गुगलका प्रमुख वित्तिय अधिकृत रुथ पोराटका अनुसार कम्पनीले यो वर्ष एआईको क्षेत्रमा हरेक त्रैमासिकमा करिब १२ अर्ब डलर लगानी गर्ने योजना बनाएको बताएका छन् ।
पहिलो त्रैमासिकमा १४ अर्ब डलर खर्च गरेको माइक्रोसफ्टले एआईको क्षेत्रमा लगानीलाई वृद्धि गर्दै लैजाने कम्पनीका प्रमुख वित्तीय अधिकृत एमी हुडले बताए ।
एआई कम्पनीले एआर्य प्रविधिमा कसरी लगानी गरिरहेका छन् रु
न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेजन र मेटाले एआईलाई सपोर्ट गर्नका लागि आफ्ना डेटा सेन्टरहरुको आमूल सुधार गर्न लागेका छन् ।
शेयरधनीहरुलाई यही महिना पठाएको पत्रमा अमेजनका सीईओ एन्डी जेसीले एआई पूर्वाधार तथा डेटाको क्षेत्रमा अझै धेरै प्राविधिक प्रयासहरुको अवसर व्यापक रहेको छ ।
कम्पनीले आफ्नो त्रैमासिक नतिजा यसैसाता सार्वजनिक गर्दैछ।यसैबीच गुगलले भर्जिनियास्थित आफ्नो डेटा सेन्टर क्याम्पस विस्तारका साथै इन्डियानास्थित फोर्ट वाइनेमा नयाँ डेटा सेन्टर निर्माणमा लगानी गर्न लागेको घोषणा गरेको थियो ।
त्यसैगरी एआई चिप निर्माता एनभिडियाले यो त्रैमासिकमा करिब २४ अर्ब डलर आम्दानी गर्ने अपेक्षा गरिएको छ ।वाशिंटन पोष्टका अनुसार दुई वर्षअघि सोही त्रैमासिकमा कम्पनीको आम्दानी ८ अर्ब ३० करोड मात्रै थियो ।