गृहपृष्ठ /समाचार / जाजरकोट केन्द्रविन्दु भएर लगातार ५ वटा भूकम्प

जाजरकोट केन्द्रविन्दु भएर लगातार ५ वटा भूकम्प

काठमाडौं । राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोट केन्द्रविन्दु भएर लगातार ५ वटा भूकम्प गएको जनाएको छ। केन्द्रका अनुसार गए राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु भएर ६।४ रेक्टरको भूकम्प गएको हो। त्यसपश्चात लगातार ४ वटा भूकम्पको पराकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४स्१६ बजेमा ४.६ रेक्टर स्केल, १२स्३५ बजेमा ४.३ रेक्टर स्केल, १२स्२९ बजेमा ४.२ रेक्टर स्केल, १२स्०८ बजेमा ४.५ रेक्टर स्केलका भूकम्प गएका हुन्। ४ रेक्टरभन्दा मुनिका भूकम्पका पराकम्प गएपनि त्यसको रेकर्ड भने वेवसाइटमा सार्वजनिक छैन।

जाजरकोट र रुकुममा भूकम्पले ठूलो मानविय र भौतिक क्षति गरेको छ। भूकम्पमा परी हालसम्म जाजरकोट र रुकुममा गरी हालसम्म १ सय २८ जनाको मृत्यु भएको छ।

सम्बन्धित समाचार