Author
१८ पुष २०८०, बुधबार ११:१२
धादिङ । तामाङ समुदायको सबैभन्दा ठुलो सांस्कृतिक पर्व २८६० औँ सोनाम ल्होछार २०८० को अवसरमा मकवानपुरको कैलाश-२ र धादिङको बेनीघाट रोराङ-१ ले संयुक्त रूपमा सोनाम ल्होछार विशेष सांस्कृतिक मेला आयोजना गर्ने भएको छ । कैलाश-२ र बेनीघाट रोराङ-१ को सिमानास्थित डाँफे(मुनाल पार्कमा माघ २६ र २७ गते सांस्कृतिक मेला आयोजना गर्ने भएको हो ।
मेलामा दर्जनभन्दा बढी राष्ट्रिय एवम् स्थानीय कलाकारहरूले प्रस्तुति दिने आयोजकले जनाएको छ । मेलाको व्यवस्थापनका लागि दुवै वडाको सहभागितामा व्यवस्थापन समिति गठन गरेको छ । कैलाश-२ का दिल बहादुर घिसिङको संयोगत्वमा ९ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । समितिको सहसंयोजकमा बेनीघाट रोराङ-१ का सुन बहादुर तामाङ, सचिवमा कैलाश-२ का सन्त कुमार स्याङतन, कोषाध्यक्षमा बेनीघाट रोराङ-१ का शान्ती तामाङलाई चयन गरिएको छ । सदस्यहरूमा मनोज स्याङतन, मणिराज गुरुङ, सुनिता नेगी, बाबुलाल तामाङ र सुनमाया नेगी रहेका छन् ।
मेलालाई सभ्य र भव्य ढङ्गले सम्पन्न गर्नका लागि विभिन्न विषयगत समितिहरू पनि गठन गरिएको छ । मेलाको प्रचारप्रसार संयोजकमा पत्रकार चन्द्र तामाङ, आर्थिक व्यवस्थापन संयोजकमा भुवन नेगी, सचिवालय समिति संयोजकमा घनश्याम घिसिङ, मञ्च व्यवस्थापन संयोजकमा आइत सिं मुक्तान, झाँकी व्यवस्थापन संयोजकमा लक्ष्मीदेव घिसिङ अतिथि सत्कार संयोजकमा दुर्गी मुक्तान, मास व्यवस्थापन संयोजकमा अनिल नेगी, पूजा व्यवस्थापन संयोजकमा आशमान मुक्तानलाई तोकिएको छ ।
त्यसैगरी कैलाश-२ का वडाध्यक्ष राजेन्द्र घिसिङको संयोगत्वमा तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।
तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिनमा सोनाम ल्होछार पर्व मनाउँदै आएको छ । यस वर्षको सोनाम ल्होछार माघ २७ गते परेको छ । मञ्जुश्रीले विकास गरेको चिनियाँ खगोलशास्त्रमा आधारित चन्द्र पात्रो अनुसार तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै आएका छन् । यस वर्ष तामाङ समुदायले खरायो९ह्योई ल्हो० वर्गलाई बिदाइ गर्दै गरुड ९डुक ल्हो० वर्गलाई स्वागत गर्ने भएको छ । बाह्र वटा जीवजन्तुहरूको चक्रमा आधारित वर्ष परम्परा “बाह्र ल्हो” अनुसार प्रत्येक वर्ष फरक फरक जीवजन्तु वर्ष मान्ने गर्दछन् । मुसाबाट सुरु भएर बँदेलमा गएर बाह्र वर्षको चक्र पुरा हुन्छ ।
किंवदन्ती अनुसार महामानव गौतम बुद्धले दर्शनका लागि जीवजन्तुलाई आग्रह गर्दा सबैभन्दा पहिला मुसा आइपुगेकोले मुसाबाट गणना सुरु भएको मानिन्छ । बुद्धको दर्शन गर्न मुसापछि जुनजुन जन्तु गएको थियो सोही क्रमअनुसार गणना गरिएको हो । सबैभन्दा अन्तिममा बँदेल पुगेको थियो ।
संसारभरि छरिएर रहेका तामाङ समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको रूपमा हर्षोल्लासका साथ मनाउने गर्दछन् । तामाङ भाषामा ल्हो को अर्थ वर्ष र छार को अर्थ नयाँ भन्ने हुन्छ । त्यसैले ल्होछार भन्नाले नयाँ वर्ष भन्ने हुन्छ । तामाङ समुदाय मात्र नभएर हिमाली बुद्ध धर्मावलम्बी गुरुङ, ह्योल्मो, शेर्पा, थकाली लगायत समुदायले पनि विभिन्न मितिमा ल्होछार मनाउने गर्दछन् ।
यस वर्षको सोनाम ल्होछार विशेष सांस्कृतिक मेला मकवानपुरको कैलाश–२ स्थित डाँफेमुनाल पार्कमा आयोजना गर्ने र आगामी वर्षको मेला धादिङको बेनीघाट रोराङ-१ स्थित ब्रोम्दिङ डाँडामा आयोजना गर्ने दुवै पक्षबीच सहमति समेत भएको छ ।
तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा पछिल्लो समुदाय सोनाम ल्होछार पर्व भव्यताका साथ मनाउन थालिएको छ । यस वर्षको मेलामा पाँच हजारभन्दा बढी स्थानीय समुदायको उपस्थिति रहने आयोजकले जनाएको छ ।