गृहपृष्ठ /पर्यटन / कामिरिता ३०औँ पटक सगरमाथाको चुचुरोमा

कामिरिता ३०औँ पटक सगरमाथाको चुचुरोमा

काठमाडौं। कामिरिता शेर्पाले सगरमाथाको ३०औँ पटक सफल आरोहण गरेर आफ्नै कीर्तिमानी तोडेका छन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार शेर्पाले बुधबार बिहान ७ बजेर ४९ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

यसअघि उनी वैशाख ३० गते २९औँ पटक सगरमाथाको चुचुरोमा पुगेका थिए । उनी सगरमाथामा सबैभन्दा बढी पटक आरोहण गर्ने आरोही हुन् ।सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेमा जन्मिएका ५४ वर्षीय कामिरिताले सफल आरोहण गरेर आफ्नै कीर्तिमानी तोडेका हुन् ।

सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका कामिरिताका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी पटक आरोहण गरेको कीर्तिमानी छ ।

सम्बन्धित समाचार