Author
६ आश्विन २०८१, आईतवार ११:४४
काठमाडौं । बिगबोस ओटीटी सिजन(३ को होस्ट नगर्ने घोषणा गरेका बलिउड अभिनेता सलमान खानले कलर्स टिभीमा प्रसारण हुने ‘बिग बोस’ सिजन १८ मा फर्किने पक्का भएको छ ।
मंगलबार बिग बोसका निर्माताले सलमानलाई होस्टको रुपमा उनको इन्स्टाग्राम ह्याण्डलमा मेन्सन गर्दै यसबारे टिजर सार्वजनिक गर्दै फ्यानलाई सरप्राइज दिएका छन् ।
टिजरले चलिरहेको घडीको ग्राफिक देखाउँछ, त्यसपछि प्रतिष्ठित बिग बोसका आँखाहरू । यी दृश्यहरु प्रदर्शन हुँदा पृष्ठभूमिमा एउटा भ्वाइसओभरसहित भनिन्छ- बिग बोसले देख्नेछ घरबासीको भविष्य, अब हुनेछ समयको ताण्डव ।’निर्माताले टिजर सेयर गर्दै लेखेका छन्, ‘हुनेछ मनोरञ्जनको पूर्ण मनोकांक्षा, जब समयको ताण्डव बिग बोसको नयाँ ट्वीस्ट लिएर आउँछ । के तपाईं बिग बोस सिजन १८ को लागि तयार हुनुहुन्छ रु क्याप्सनपछि ह्यासट्यागसहित होस्ट सलमान खानलाई उनको इन्स्टाग्राम ह्याण्डलमा मेन्सन गरिएको छ ।’
यो घोषणाले सलमानका प्रशंसक खुसी भएका छन् । एक फ्यानले टिप्पणी गरे, ‘ओएमजी १ म धेरै उत्साहित छु ।’ अर्को प्रतिक्रियामा लेखिएको छ, ‘वाह, वाह, म ताण्डवको लागि पर्खन सक्दिन ।’ यसअघि बिग बोस ओटीटी ३ को ब्यानरबाट सलमानको नाम हटाइँदा फ्यान निराश थिए । बलिउड अभिनेता अनिल कपुरले अन्ततः शोमा सलमानलाई रिप्लेस गरे ।’