गृहपृष्ठ /अन्तर्राष्ट्रिय / मध्य चीनमा गाडीमा निसास्सिएर आठ जनाको मृत्यु

मध्य चीनमा गाडीमा निसास्सिएर आठ जनाको मृत्यु

काठमाडौं। मध्य चीनको हेनान प्रान्तमा एउटा रेफ्रिजेरेटेड ट्रकमा निसास्सिएर आठ जनाको मृत्यु भएको छ ।स्थानीय अनुसन्धान टोलीका अनुसार ती आठ जना नियमविपरीत गाडीको ‘इन्सुलेटेड कम्पार्टमेन्ट’मा बसेका थिए ।

आइतबार राति १० बजेतिर गाडी ग्यास स्टेसनमा आइपुग्दा उनीहरु अचेत अवस्थामा भेटिएका थिए ।बेहोस अवस्थामा भेटिएका उनीहरूको उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो तर उनीहरू सबै येक्सियान काउन्टीको होङझुआङयाङ शहरमा शनिबार बिहान ३ बजेसम्ममा सबैजना मृत घोषित भएका थिए ।

यस घटनासँग सम्लग्न सवारी चालक र सम्बन्धित जिम्मेवार कर्मचारीहरूलाई हिरासतमा लिई अनुसन्धान सुरु गरिएको छ ।

सम्बन्धित समाचार