Author
६ आश्विन २०८१, आईतवार ११:१०
काठमाडौं । मध्यपूर्वमा नेपाली फिल्मको बजार विस्तार हुने क्रममा छ । नेपाली श्रमिकको प्रमुख गन्तव्य बजार साउदी अरबमा पहिलोपटक नेपाली फिल्म रिलिज हुने भएको छ ।
मध्यपूर्वमा नेपाली फिल्मको नियमित प्रदर्शन गर्दै आएको वितरण कम्पनी नेप-फिल्म्सले ‘छक्कापञ्जा ५’लाई कात्तिक १ गते ९१७ अक्टोबर०मा साउदीमा रिलिज गर्न लागेको हो ।
‘साउदीमा रिलिजको टुंगो लागेको छ । नेपाली फिल्मले प्रदर्शनको इतिहास रच्दैछ’ नेप(फिल्म्सका प्रमुख रमेश ढकालले दुबईबाट अनलाइनखबरसँग भने, ‘हामीले साउदीका हलहरुमा देशब्यापी फिल्मलाई रिलिजको तयारी गर्दैछौं ।’
साउदीबाहेक ‘छक्कापञ्जा ५’ युएई, कतार, बहराइन र ओमानमा प्रदर्शन हुँदैछ । नेपाल रिलिजको एकसातापछि मध्यपूर्वका दर्शकले यो फिल्म हेर्न पाउने भएका हुन् ।