गृहपृष्ठ /आर्थिक / सुन तोलामा १७ सय बढ्यो, मूल्य हालसम्मकै उच्च

सुन तोलामा १७ सय बढ्यो, मूल्य हालसम्मकै उच्च

काठमाडौं । एक सातामै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको भाउ तोलामा १७ सय रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ थियो । यसअघि भदौ ३१ गते सुनको मूल्यले प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँको रेकर्ड बनाएको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९१५ रुपैयाँ रहेको चाँदी यस दिन १९२० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार