गृहपृष्ठ /कला / ‘फर्कीफर्की’को प्रिमियरमा अनमोलको तारिफ

‘फर्कीफर्की’को प्रिमियरमा अनमोलको तारिफ

काठमाडौं। नायक अनमोल केसीको फिल्म ‘फर्कीफर्की’को प्रिमियर भव्य रुपमा सम्पन्न भएको छ ।बुधवार साँझ कमलपोखरीस्थित एक सिनेमा हलमा गरिएको प्रिमियरमा नायक केसी बडिगार्डका साथ उपस्थित भएका थिए ।

प्रिमियरमा फिल्मकी नायिका जसिता गुरुङ्सहित वरिष्ठ कलाकार हरिवंश आचार्य, अभिनेता भुवन केसी, कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, नायिका गौरी मल्ललगायत थुप्रै स्टार कलाकारको उपस्थिति थियो ।

प्रिमियरपछि आधिकांश कलाकारले अनमोलको अभिनयको प्रशंसा गरेका छन् ।निर्देशक तथा लेखक सुयोग गुरुङले नयाँ स्वादको फिल्म पस्कन सफल भएको बताए । छड्के-२ को असफलतापछि अनमोलको यो पहिलो फिल्म हो । छड्के– २ को असफलताले झस्किएका अनमोलले यस फिल्ममा मिहिनेत गरेको देख्न सकिन्छ ।

सम्बन्धित समाचार